neapl investment mega bank
  • गृहपृष्ठ
  • ‘काठमाडौं प्रेस डटकम’ का सम्पादक परियारलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

‘काठमाडौं प्रेस डटकम’ का सम्पादक परियारलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

Jun 14th, 2020

काठमाडौ, जेठ ३२

समाचारको विषयलाई लिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडा असुलेका विषयमा विभिन्न शीर्षकमा समाचार गरेपछि सोही निहँुमा आफूलाई आइतबार विहान ११ः५ बजे ९८५१०८२५१२ नम्बरको मोवाइलबाट फोन गरी निज के.सी.ले ‘समाचार के आधारमा लेखियो, प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएका थिए ।

प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै अपशब्द प्रयोग गर्दे सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ पत्रकार परियारलाई दिएको धम्की घटनाको कडा शब्दमा भत्र्सना गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi