neapl investment mega bank
  • गृहपृष्ठ
  • पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वतको कुश्मामा पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

Jun 14th, 2020

पर्वत, जेठ ३२

कुश्मा नगरपालिका ३ दुर्लुङकाफलचौरमा शनिबार साँझदेखि भएको वर्षाको कारण अचानक पहिरो आउँदा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ५२ वर्षीय तुल बहादुर थापा, उनकीश्रीमती ५२ वर्षीया मिनकुमारी थापा, नातिनी ८ वर्षीया बिबिसा थापा र ३० वर्षीया दीपा थापा रहेकाछन् ।

तुल बहादुर थापाको ६ जना परिवार भएको घर र छिमेकी कमला बिकसहित ३ जनाको परिवार रहेको घरमा पहिरो आईमानिसहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत, नेपाली सेना र शसस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरुलाई मृत अवस्थामा फेला पारेको हो । अन्य व्यक्तिहरूको उद्धार एवं खोजी कार्यभइरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi