neapl investment mega bank
  • गृहपृष्ठ
  • रेष्टुरेण्ट क्षेत्रका श्रमिक महिलाहरुको पेशागत सुरक्षा बारे मन्त्रालयहरुसँग छलफल

रेष्टुरेण्ट क्षेत्रका श्रमिक महिलाहरुको पेशागत सुरक्षा बारे मन्त्रालयहरुसँग छलफल

Jun 14th, 2020

रसना ढकाल
काठमाण्डौ ३२ जेष्ठ


रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुको पेशागत सुरक्षाको बारेमा महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल भएको छ ।

विश्वास नेपाल नामक समाजिक सस्थाको आयोजनामा विद्युतिय माध्यमद्धारा भएको उक्त छलफल कार्यक्रममा रेष्टुरेण्टमा कार्यरत महिलाहरुलाइ परेको शारिरीक तथा मानसिक असरको बारेमा कार्यकारी निर्देशक बालकुमारी आलेले प्रस्टाउनु भएको थियो । कार्यकारी निर्देशक आलेले , कोभिडको कारण चारैतिर प्रभाव परेको र त्यसको प्रत्यक्ष असर रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने महिलाहरुमा देखिएको बताउनु भयो । साथै सरकारले घरभाडा नलिनु भनेर बारम्बार सुचना जारी गरेता पनि घरबेटीहरुले भाडा माग्ने नदिए निस्केर जाउ भन्ने जस्ता शब्दहरु प्रयोग गर्ने गरेको आलेले जानकारी दिनु भयो ।

बन्दाबन्दीको कारण रेष्टुरेण्ट क्षेत्रमा परेको असरको बारेमा रेष्टुरेण्ट व्यवसायि संघका अध्यक्ष विजय नगरकोटीले प्रकाश पार्नु भएको थियो । नगरकोटीले , बन्दाबन्दीको कारण काठमाण्डौ उपत्यकामा झण्डै २३० को हाराहारीमा रहेका रेष्टुरेण्ट व्यवसाय बन्द भएको र त्यसमा काम गर्ने हजारौ श्रमिकहरुको अवस्था दैनिय भएको बताउनु भयो । श्रम गर्ने एक महिला उपर ५ परिवारको गुजारा चलिरहेको जानकारी दिदै अहिले ति महिलाहरु छाक टार्न गाह्रो भएको गुनासो गर्नु भयो ।

सरकारले कोरोना नियन्त्रणको लागि गरेको बन्दाबन्दीलाइ हामीले पनि सहयोग गर्छौ , तर सरकारले काम गर्ने मजदुरहरुको जीवन रक्षा गर्नु पर्ने र सञ्चालकहरुको व्यवसाय सञ्चालन गर्न पनि जोड दिनु भयो । यसैगरी घरबेटीले बाहिरबाट चाबी लगाउने धम्की दिइरहेको बताउदै सरकारसँग घर भाडा मिनाहा गर्न अनुरोध गर्नु भएको थियो । यता बन्दाबन्दीको समयमा एचआइभि संक्रमित महिलाहरुको अवस्था र राहत वितरणमा देखिएको समस्या उपर शान्ति फाउण्डेशकि अध्यक्ष शान्ति तामाङ्गले प्रस्तुति गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकि सह सचिव मनमाया पंगेनीले ,“ बन्दाबन्दीको प्रत्यक्ष प्रभाव हरेक क्षेत्रको महिलाहरुले भोगिरहेको जिकिर गर्दै मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुको अवस्थाको उपर मन्त्रालयको चासो रहेको र पेशागत हक हितको लागि मन्त्रालयले हरसम्भव कार्य गर्ने” प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप सचिव कविन्द्र नेपालले,“ अनौपचारिक क्षेत्रमा कार्यरत महिलाहरु शोषित हुने र त्यसलाइ कम गर्न वैकल्पिक रोजगारीको अवसर दिनु पर्ने बताउनु भयो । उप सचिव नेपालले बन्दाबन्दीले असर पुराएको मनोरञ्जन क्षेत्रको अवस्था उपर समाधानका लागि मन्त्रालयले के के गर्नु पर्छ त्यसको सहकार्य गर्न विश्वास नेपाललाइ आह्वान गर्नु भएको थियो । कार्यक्रममा हाम्रो सम्मान परियोजना अन्तर्गत सिटिप कोर्डिनेटर सृजना केसीले हाम्रो सम्मान परियोजनाको बारेमा प्रष्टाउनु भएको थियो । उक्त कार्यक्रममा आएका सवालहरुलाइ समेटदै चाडै नै मन्त्रालय समक्ष सहकार्य गरि श्रमिकहरुको मानव अधिकारको सवालमा पैरवी गर्ने विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले जानकारी दिनु भयो ।

नेपाल सरकारले बन्दाबन्दीको ८० औ दिनमा आएर केहि व्यवसायि क्षेत्रहरुमा काम गर्न मापदण्ड सहितको रणनीति ल्याएको छ भने रेष्टुरेण्ट क्षेत्रहरु अहिलेसम्म बन्द नै हुने बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi