neapl investment mega bank
  • गृहपृष्ठ
  • पहिरोमा पुरिएका स्काइभेटर चालकको सकुशल उद्दार

पहिरोमा पुरिएका स्काइभेटर चालकको सकुशल उद्दार

Jun 13th, 2020

पाल्पा, जेठ ३१

बाटो फराकिलो बनाउने क्रममा शुक्रबार दिउँसो माथिबाट आएको सुख्खा पहिरोमा पुरिएका बा.२ क ७७७१ नम्बरको स्काइभेटर चालक चितवन खैरहनी नगरपालिका ३ बस्ने २३ वर्षीय हेम बहादुर कार्कीलाई सकुशल उद्दार गरिएको छ ।

पुर्वखोला गाउँपालिका १ तालपोखरास्थित तालपोखरादेखि अर्चले जाने कच्ची बाटो फराकिलो बनाउने क्रममा पहिरो आई अमृत कन्ट्रक्सन तानसेन पाल्पाको उक्त स्काइभेटर चालक सहित पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जग्वादीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा चालकको सकुशल उद्दार गरेको हो ।

पहिरोमा पुरिएको स्काइभेटर निकाल्ने कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi