neapl investment mega bank

जुवातास खेल्ने नौ जना नियन्त्रणमा

Jun 13th, 2020

काठमाण्डौ, जेठ ३१

महानगरीय प्रहरी वृत्त कालिमाटिले जुवातास खेल्ने नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो १५ः३० बजे काठमाण्डौ महानगरपालिका १४ रविभवन स्थित एक घरमा जुवाताख खेलिरहेको अबस्थामा कुलेश्वर बस्ने धादिङका राजु भुजेल सहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३ महिला सहित ९ जना रहेका छन, उनिहरूको साथबाट प्रहरीले नगद १ लाख ११ हजार ८ सय ४० रुपैया बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi