neapl investment mega bank
  • गृहपृष्ठ
  • दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

दिल्लीमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि

Jun 12th, 2020

नयाँ दिल्ली, ३० जेठ

दिल्लीमा विगत दुई दिनपछि तापक्रममा वृद्धि भएको छ । शुक्रबार दिल्लीका कतिपय भागको तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको भारतीय मौसमविदहरूले जनाएका छन् ।

‘द साफ दार्जुङ अब्जर्भेटरी’ द्वारा उपलब्ध गराएको दिल्लीको प्रतिनिधिमुलक तापक्रम ४१.५ डिग्री सेल्सियस रहेको बताइएको छ ।

त्यस्तै पालाम र पुसास्थित मौसम विज्ञान केन्द्रहरूले दिल्लीको तापक्रम क्रमशः ४२ र ४२.५ डिग्री सेल्सियस रहेको बताएका छन् ।

दिल्लीको आद्रताकोस्तर ४३ र ८० प्रतिशतको बिचमा रहेको जनाइएको छ ।

दिल्लीमा शनिबार आंशिक बदली भई निम्नतम र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस र ४१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान मौसम विभागले गरेको छ ।

भारतीय मौसम विभाग, क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कूलदीप श्रीवास्तवले दिल्ली र आसपासका षेत्रमा आगामी जुन १५ सम्म तातो हावाको लहरहरू बहने हुँदा आवश्यकताबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ । रासस/पीटीआई