neapl investment mega bank
  • गृहपृष्ठ
  • महाराष्ट्रका एक मन्त्रीलाई नै कोरोना सङ्क्रमण

महाराष्ट्रका एक मन्त्रीलाई नै कोरोना सङ्क्रमण

Jun 12th, 2020

मुम्बई, ३० जेठ

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको भारतमा एक प्रदेश मन्त्रीलाई पनि कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

भारतको मुम्बई प्रदेशका एक जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको श्रोतले शुक्रबार जानकारी दिएको छ । सङ्क्रमित भएका मन्त्री एनसीपीका नेता भएको पनि श्रोतले उल्लेख गरेको छ ।

ती मन्त्रीलाई भारतको मराथवाडा क्षेत्रका जनप्रतिनिधिसमेत रहेका एनसीपीका नेता महाराष्ट्र प्रदेशमा सङ्क्रमित हुने तेस्रो मन्त्री हुनुहुन्छ ।

यसअघि सङ्क्रमित भएका मन्त्रीहरुमा काँग्रेसबाट मन्त्री हुनुभएका अशोक चावन र एनसिपिबाट मन्त्री हुनुभएका जितेन्द्र अवहाद रहनुभएको थियो । उहाँहरुलाई अहिले निको भइसकेको छ ।

बिहीबार राति अबेर उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । उहाँलाई अहिले मुम्बईस्थीत क्वारेन्टाइनमै राखिएको श्रोतले बताएको छ ।

मन्त्रीसँगै उहाँको निजी सचिवालयमा संलग्न केही व्यक्तिहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । उनीहरुलाई आइसोलेसनमा राखिएको पनि श्रोतको भनाई छ । रासस/पीटीआई