neapl investment mega bank
  • गृहपृष्ठ
  • कुवेत र जापानबाट आजै मात्र एक सय ५५ जनाको उद्धार

कुवेत र जापानबाट आजै मात्र एक सय ५५ जनाको उद्धार

Jun 12th, 2020

काठमाडौ, जेठ ३०

कुुवेतबाट आज शुक्रबार मात्र एक सय ५५ जनाको उद्धार गरिएको छ । सिसिएमसीका अनुसार मन्त्रिपरिषदको यही जेठ १२ गतेको निर्णय अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज उक्त संख्यामा नेपालीको उद्धार गरिएको हो ।

कुवेतको जजिरा एयरवेजको उडानबाट (नं.ज्ञ प्रदेशका ३७ जना, नं.२ प्रदेशका ३ जना, बाग्मती प्रदेशका ४५ जना, गण्डकी प्रदेशका ३३ जना, नं.छ प्रदेशका २६ जना र कर्णाली प्रदेशका ५ जना) जम्मा १४९ जना तथा आजकै १४ः१७ बजे मित्रराष्ट्र जापानबाट को उडानबाट बाग्मती प्रदेशका ५ जना र नं.छ प्रदेशका १ जना जम्मा ६ जना गरी कुल जम्मा १५५ जना नेपाली नागरिकहरुको स्वदेश आगमन भएको छ । आगमन पश्चात उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रदेशगत रुपमा स्थापना गरिएको होल्डिड जोनहरुमा हरुमा लगिएको छ ।
उक्त होल्डिड जोनहरुमा ति सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईनहरुमा पठाउन आवश्यक तयारी भईरहेको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi