neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड १९ का कारण बिदेशमा समस्या परेका नेपालीलाई उद्धार गर्ने क्रम जारी

कोभिड १९ का कारण बिदेशमा समस्या परेका नेपालीलाई उद्धार गर्ने क्रम जारी

Jun 11th, 2020

काठमाडौ, जेठ २९

कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा समस्यामा परेको नेपालीहरुलाई ल्याउने क्रम जारी रहेको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको निर्णय अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने सिलसिलामा आज बिहिबारको कुवेतको जजिरा एयरवेजको फ्लाईट नं.जे ९१५४ को पहिलो उडानबाट (नं.१ प्रदेशका ३८ जना, नं.२ प्रदेश ६ जना, बागमति प्रदेशका ५९ जना, गण्डकी प्रदेशका १३ जना, नं.छ प्रदेश २८ जना र कर्णाली प्रदेशका ५ जना र सुदूरपश्चिम प्रदेशका १ जना) जम्मा १५० जना तथा आजकै दुई बजे सोही मुलुकको जजिरा एयरवेजको फ्लाईट नं. जे ९१५४३ को दोश्रो उडानबाट (नं.१ प्रदेशका ५४ जना, नं.२ प्रदेश ४ जना, बागमति प्रदेशका ४४ जना, गण्डकी प्रदेशका १३ जना, नं.छ प्रदेश २३ जना र कर्णाली प्रदेश प्रदेशका १० जना र सुदूरपश्चिम प्रदेशका १ जना) जम्मा १४९ जना गरी कुल जम्मा २९९ नेपाली नागरिकहरुको स्वदेश आगमन भएको सिसिएमसीले जनाएको छ ।

स्वदेश आगमन भएका नागरिकहरुलाई प्रदेशगत रुपमा नं. १ प्रदेशका ९२ जना, नं. २ प्रदेशका १० जनालाई क्रमशस् भक्तपुर स्थित इम्पेरियल व्याङकेट र हेरिटेज पार्टी प्यालेस होल्डिड सेन्टरमा, बागमती प्रदेशका १०३ जना, गण्डकी प्रदेशका २६ जना र नं.५ प्रदेशका ५१ जनालाई क्रमश काठमाण्डौ स्थित यति पार्टी प्यालेस, स्काइजोन पार्टी प्यालेस र कुण्डलिनी व्याङकेट होल्डिड सेन्टरमा तथा कर्णाली प्रदेशका १५ जना र सुदूरपश्चिम प्रदेशका २ जनालाई क्रमश ललितपुर स्थित मण्डला पार्टी प्यालेस र सिद्धार्थ पार्टी प्यालेस होल्डिड सेन्टरमा नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले लगिएको छ ।

उक्त होल्डिड सेन्टरमा निजहरु सबैको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका प्रकृया पुरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा आ आफ्नो प्रदेशमा पठाउन आवश्यक तयारी भईरहेको सिसिएमसीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi