neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छलि लैजाँदै गरेको विभिन्न सरसामान बरामद

भन्सार छलि लैजाँदै गरेको विभिन्न सरसामान बरामद

Jun 11th, 2020

सुनसरी, जेठ २९

सुनसरीका बिभिन्न स्थानबाट भन्सार छली लैजाँदै गरेको करिब ४९ हजार ६ सय मूल्य बराबरका विभिन्न सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।

नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ भन्सार छली गरी लैजादै गरेको अवस्थामा उक्त मूल्य बराबरको सामानहरु प्रहरीले बरामद गरेको हो । बरामद भएका सामानहरुमा टेबुल पंखा, विभिन्न किसिमका कस्मेटिक सामानहरु, विभिन्न कपडाहरु, खाद्यान्न सामग्रीहरु, खैनी, बिडी लगायतका छन् ।

बरामद सामानहरु आवश्यक कारवाहीको लागि बिहिबार भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi