neapl investment mega bank
  • गृहपृष्ठ
  • पाटन अस्पतालबाट मेशिन चोरी गर्ने व्यक्ति पक्राउ

पाटन अस्पतालबाट मेशिन चोरी गर्ने व्यक्ति पक्राउ

Jun 10th, 2020

ललितपुर, जेठ २८

ललितपुरको पाटन अस्पतालबाट अल्ट्रासाउण्ड मेसिनको पार्टपुर्जाहरु चोरी गर्ने व्यक्तिहरु पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुर चोरी कार्यमा संलग्न दुुई व्यक्तिहरु पक्राउ परेका हुुन ।

प्रहरीका अनुुसार यही जेठ १७ गते बिहान ८ः३३ बजेको समयमा पाटन अस्पतालको आईसियुु वार्डमा रहेको २० लाख ७९ हजार आठ सय सात रुपैयाँ मुल्य पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौ भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिनको पार्ट पुर्जाहरु चोरी गरी लगेको घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला सर्लाही बलरा न.पा. वडा नं.१ स्थायी वतन भई हाल का.जि.का.म.न.पा.वडा नं.३१ मा बस्ने बर्ष ३६ को डा. प्रविन मिश्र र जिल्ला महोत्तरी बर्दिवास न.पा. वडा नं. १३ बर्दिवास बस्ने बर्ष २० को रमेश कुमार शर्मा समेतको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो । सोही आधारमा चोरी गरेको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित बरामद गरी चोरी कार्यमा संलग्न ति दुई व्यक्तिलाई पक्राउ गरी आज बुुधबार ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi