neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल पुर्नबीमा कम्पनीको शेयर सूचीकरण सम्पन्न

नेपाल पुर्नबीमा कम्पनीको शेयर सूचीकरण सम्पन्न

Jun 10th, 2020

काठमाडौ, जेठ २८

थापाथली काठमाडौंमा मुख्य कार्यालय रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० करोड कित्ता शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा मिति २०७७ साल जेठ ११ गते अभौतिकीकरण गरि सकिएको छ । सो मध्ये नेपाल सरकार, बीमा कम्पनीहरु (जीवन तथा निर्जिवन) तथा अन्य संस्थागत लगानीकर्ता गरी ३३ जना संस्थापक शेयरधनीको आठ करोड ४० लाख कित्ता र एक करोड ६० लाख कित्ता साधारण शेयर मध्ये कम्पनीको २१ जना कर्मचारीहरुको ७३ हजार पाँच सय कित्ता, १९ वटा सामुहिक लगानी कोषको आठ लाख कित्ता तथा तीन लाख ९० हजार छ सय ३८ जना सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको एक करोड ५१ लाख २६ हजार पाँच सय कित्ता साधारण शेयरहरु बाँडफाँड भएको छ । कम्पनीको साधारण तथा संस्थापक शेयरको लागि अन्तर्राष्ट्रिय स्तरको परिचय अंक साधारण शेयरका लागि एनपीई ३५३ए००००० र संंस्थापक सेयरका लागि एनपीई ३ए४०००६ समेत प्राप्त भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा कारोबार हुनसक्ने गरी कम्पनी र नेप्सेकाबिच बुुधबार धितोपत्र सूचीकरणको सम्झौता सम्पन्न भएको छ । विश्वव्यापी नोवेल कोरोना भाइरस प्रकोपको महामारीमा सरकारद्वारा लागू गरिएको लकडाउनमा सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई बाँडफाँड, अभौतिकीकरण र सुचीकरण सम्पन्न गरिएको र आगामी दिनमा नेपाल स्टक एक्सचेन्ज मार्फत कम्पनीको शेयर खरीदबिक्री कारोवार हुने कम्पनीले जनाएको छ ।

कम्पनीको धितोपत्र निष्काशन, बाँडफाँड, अभौतिकीकरण तथा सुचीकरण कार्यलाई सफल बनाउन सहयोग गनर््ुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, आरविवि मर्चेन्ट बैंकिङ्ग लि., इक्रा नेपाल लि., संस्थापक तथा साधारण शेयरधनीहरू, सामूहिक लगानी कोष, कर्मचारी, पत्रकार लगायत सम्बन्धित निकाय तथा अन्य सरोकारवाला सबैमा कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।