neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दश जनाको मृत्यु

Jun 10th, 2020

काठमाडौं, २८ जेठ

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीस्थित सडकमा बा.८१ प १७०३ नम्बर र बा.९४ प ५३६७ नम्बरको मोटरसाइकल मंगलबार साँझ ठक्कर खाई दुर्घटना हुँदा बा.९४ प ५३६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका-२ घर भएका २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दिर्घायु अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बा.९४ प ५३६७ नम्बरको मोटरसाइकलमा सवार गुहेश्वरी बस्ने बर्दिया घर भएका ३२ वर्षीय राम थारूको सोही अस्पतालमा उपचार भइरहेको छ । बा.८१ प १७०३ नम्बरको मोटरसाइकल चालक सहित दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, घोडाघोडी नगरपालिका-१ स्थित सडकमा बा.८ च २१०० नम्बरको कारले से.५ प ५७०६ नम्बरको मोटरसाइकल र एक साइकललाई मंगलबार साँझ ठक्कर दिँदा साइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीया सोर्निमा चौधरी र साइकलमा सवार उनकै छोरा ५ वर्षीय कृष्टल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । से.५ प ५७०६ नम्बरको मोटरसाइकल चालक र सवार २ जनाको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालक बर्दगोरीया गाउँपालिका-६ बस्ने ४८ वर्षीय राजेन्द्र बहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-४ बुढीतोलास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प.४०३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई मंगलबार साँझ दुर्घटनामा हुँदा चालक सोही ठाउँ बस्ने २९ वर्षीय भक्त खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी कैलाली, लम्की चुहा नगरपालिका-८ गप्कास्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टरले से.७ प ५९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सोही नगरपालिका-९ प्रतापपुर बस्ने ४० वर्षीय टेक राज घिमिरेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टरको प्रहरीले खोजी गरिहेको छ ।

सिरहा, धनगढिमाई नगरपालिका-११ छप्रारीस्थित सडकमा ना.३ ख ८८०० नम्बरको ट्याङकरले ना.१ ख २३३८ नम्बरको रोकी राखेको ट्याङ्करलाई मंगलबार राति ठक्कर दिँदा दिँदा २३३८ नम्बरको ट्याङ्कर चालक भारत अररिया बथनाहा बस्ने ३५ वर्षीय मो.निजामको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटि अस्पताल धनगढी हुँदै थप उपचारको लागि बिराटनगर मोरङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै ट्याङ्कर र ना.३ ख ८८०० नम्बरको ट्याङ्कर सहचालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार सोही ट्याङ्करका चालकको खोजी गरिरहेको छ ।

धनुषा, लक्ष्मीनिया गाउँपालिका-३ गजरियास्थित सडकमा ज.१ त ३०४३ नम्बरको बालुवा लोड भएको ट्याक्टरले सोही ठाउँ बस्ने रमेश शर्माको छोरी ३ वर्षीया सम्झना कुमारी शर्मालाई खेलिरहेको अवस्थामा मंगलबार साँझ ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । टयाक्टर सहित टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोट, नरहरिनाथ गाउँपालिका-१ स्थित गेज बजारमा ना.८ ख ५१३३ नम्बरको ट्रिपर सडकबाट करिब १० मिटर तल कर्णाली नदीमा खसेर बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कालिकोट रास्कोट नगरपालिका-२ बस्ने २१ वर्षीय सर्मिला सार्की र सोही ठाउँ बस्ने २१ वर्षीया थम्की सार्की रहेका छन् । भारतबाट आएका ३९ जना व्यक्तिहरुलाई रास्कोट नगरपालिकाको क्वारेन्टाईनतर्फ लैजाने क्रममा ट्रिपरमा सवार चालक सहितका ४० जनामध्ये ३ जना गम्भीर घाइते, ५ जना सामान्य घाइते अवस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएको छ भने ३ जना बेपत्ताहरुको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनामा परेका अन्य २६ जनाको अवस्था सामान्य रहेको छ भने ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, ब्यास नगरपालिका-१२ तल्लो छिर्कनेस्थित सडकमा ना.५ त ४०२२ नम्बरको ट्याक्टर र ग.१८ प ३१५ नम्बरको स्कुटर बुधबार बिहान एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ९ वर्षीय महेश सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका महेशको रत्नहरी अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय मिलन सापकोटाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालक १८ वर्षीय प्रदिप अधिकारी र ट्रयाक्टर चालक अंकित राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi