आधारभूमि संवाददाता
काठमाडौँ, २८ जेठ
नेपालमा आज ९० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ९० जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ८८ जना पुरुष र २ जना महिला रहेको गौतमले बताए । कोशी अस्पतालबाट एक महिला र पाँच पुरुष, सशस्त्र प्रहरीको बलम्बु अस्पतालबाट एक महिला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ पुरुष, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक पुरुष, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ पुरुष, सप्तरीको महेन्द्र गेनाई आइसोलेसनबाट २० पुरुष, कोरोना अस्पताल दाङबाट सात पुरुष छन्
योसँगै नेपालमा ६७४ जनाले कोभिड–१९ लाई जितेका छन् । तीमध्ये ५९५ पुरुष र ७९ महिला छन् । मंगलबार मात्रै ९६ जनाले कोरोना जितेर घर गएका छन् ।