neapl investment mega bank
  • गृहपृष्ठ
  • अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलर ओएस डिजाइन

अशक्त मानिसका दैनिकीमा सहजताका प्रदान गर्दै कलर ओएस डिजाइन

Jun 10th, 2020

काठमाडौ, जेठ २८

भरखरै डब्ल्यूएचओद्वारा प्रेशित एक रिपोर्ट अनुसार, एक बिलियन भन्दा बढी मानिसहरु कुनै न कुनै किसिमका असक्तताका साथ बाँचिरहेको प्रक्षेपण गरिएको छ । तथ्यांक अनुसार यो भनेको विश्व जनसंख्याको १५ प्रतिशत हो । अशक्तता रहेका मानिसहरुका स्वास्थ्य हेरचाह सम्बन्धि आवश्यकता साधारण मानिसका तुलनामा धेरै हुने गर्छन् र तिनका आवश्यकता धेरैजसो समयमा पुर्ति समेत हुन पाउँदैन । ईन्फरमेसन एक्सेसिबिलिटी प्रडक्ट आलियान्सका एक सदस्यका रुपमा ओपोको कलर ओएसले सक्रियरुपमा असक्तता भएका मानिसहरु लाई सहयोग गर्न तथा दैनिकीमा मोबाइल ईन्टरनेटका माध्यमबाट अनुकुलित सुविधाहरु माथि पहुँच पु¥याउने पहल गरिरहेको छ ।

दृश्य स्तर

दृश्य स्तरको कुरा गर्दा कलर ओएसले दृष्टि अक्षमता भएकामा निसलाई टकब्याक, सेलेक्ट टू स्पिक, गेस्चर एण्ड मोसन्स र कलर एक्सेसिबिलिटी मोड लगायत फिचर्सका माध्यमबाट डिस्प्ले कन्टेन्टलाई अझ सहजतरिकाबाट बुझ्न सघाउँछ ।

टक ब्याक फिचर सक्रियगर्दा प्रयोगकर्ताले स्क्रिनमा देखाइएका कुराहरु भ्वाइस गाइड फञ्सनका माध्यमबाट सहजै पढ्न सक्छन् । साथै, स्क्रिनमा नहेरिकनै अर्को पेजमा जम्प गर्न सक्छन् । सेलेक्ट टू स्पिक फञ्सन सक्रिय गरेसंगै प्रयोगकर्ताले टेक्स्ट पोजिसन माक्लिक गरेकै भरमा रियल टाइम भ्वाइस फिडब्याक सुन्न सक्छन् । साथै, आफ्नो आवश्यकत ाअनुसार प्रयोगकर्ताले वाचनको गति समेत समायोजन गर्ने सुविधा प्राप्त गर्न सक्छन् ।

गेस्चर एण्ड मोसन्स फञ्सनले दृष्टि अक्षमता भएका प्रयोगकर्तालाई अझ सहज तरिकाबाट एन्सर र ह्यांगअप सुविधा अन्तरक्रियात्मक तरिकाबाट अनुभव गर्न सघाउँछ । यो फञ्सन अन गरेसंगै प्रयोगकर्ताले विभिन्न सोमाटोसेन्सरी अनुभवहरु लिन सक्छन् । यसको माध्यमबाट ईन कमिंगकल स्विकार्ने कार्यमा सहजता प्राप्त हुन्छ । उदाहरणका लागि प्रयोगकर्ताले फोन कानको नजिक लगेकै भरमा स्वचालितरुपमा कल रिसिभ गर्न सक्छन् ।

रंग दृष्टिमा कमी भएका मानिसका लागि कलर ओएसमा कलर एक्सेसिबिलिटी मोडपनि उपलब्ध गरिएको छ । साधारण ‘हाई कन्ट्रास्ट टेक्स्ट’का तुलनामा कलर ओएसले प्रयोगकर्तालाई तिनको आवश्यकता अनुसार अक्षरको रंग परिवर्तन गर्न सघाउँछ । यो फञ्सनको उपयोग टेक्स्टका साथै लाइनियर आइकन्स, बटन्स, स्विट्चेज लगायतमा पभन गर्न सकिन्छ । यसले गर्दा प्रयोगकर्ताले सहजरुपमा पढ्नुका साथै फोनको प्रयोग गर्न सक्छन् ।

सुनुवाइको स्तर

कलर ओएसले श्रवण अक्षमता भएका प्रयोगकर्ताहरुलाई समेत समाधान उपलब्ध गराउँछ । यसमा उपलब्ध फञ्सनले दायाँ र बाहिने च्यानलको आवाजलाई मोनो सिग्नलमा परिनत गरी एउटै कानमा दूबै च्यानलको आवाज पे्रशित गरी सुन्ने कार्यमा सहजता प्रदान गर्छ । साथै, प्रयोगकर्ताले फ्ल्याश अन कल फञ्सन अन गरी ईन कमिंगकलका बारेमा सटिक रिमाइन्डर प्राप्त गर्न सक्छन् ।
शारीरिक अशक्तता वा गतिशिलता सम्बन्धि समस्या भएका प्रयोगकर्ताहरु कलर ओएसको एक्सेसिबिलिटी फञ्सनको प्रयोग गर्न सक्छन् । स्क्रिन शट, भ्वोल्यूम र ब्राइटनेस जस्ता साधारण फञ्सन बिना स्लाइड वा गेस्चर, सहजै क्ल्किको भरमा नियन्त्रित गर्न सकिन्छ । साथै, कलर ओएसले टच एण्ड होल्ड डिले र ओपरेसनल एक्जेक्यूसन टाइम जस्ता फिचर्स पभन कलर ओएसमा उपलब्ध छन् ।

ओपो कलर ओेएसले अशक्तता भएका मानिसका लागि विशेष चासोका साथ नयाँ नयाँ फञ्सनको विकास गरिररहेको छ । साथै, तिनका लागि सहजता प्रदान गर्न एक्सेसिबिलिटी एसोसिएसनका ब्यवसायिकहरुका साथ निरन्तर मिटिंग र कलर ओएस टिमले अशक्त ईञ्जिनियरहरु संग उत्पादनमा परिस्कृति करणका लागि सुझाव पभन माग्ने गरेको छ ।

शारीरिक अशक्तता भएका मानिसहरुको दृष्टि, श्रवण, टच लगायत समस्याको समाधान उपलब्ध गराउँदै तिनलाई सुदृढ अनुभव प्रदान गर्नु कलर ओएसको उद्देश्य हो । भविस्यमा पभन ओपोले आफ्ना उत्पादन अनुकुलन गर्दै अशक्तता संग जुझी रहेका प्रयोगकर्ताका समस्याको समाधान गर्दै बाधा रहित फञ्सनको उपयोग गर्ने कार्यतिर निरन्तर लागि रहने प्रतिबद्धता ब्यक्त गर्छ ।