आधारभूमि संवाददाता
काठमाडौँ, २८ जेठ
बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २ सय ७९ जनामा सङ्क्रमण देखिएको बताए । तीमध्ये
२५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।
योसँगै संक्रमितको कूल संख्या ४३६४ पुगेको छ भने सङ्क्रमणबाट निको भइ ६ सय ७४ जना घर फर्किसकेका छन् ।