neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ

Jun 9th, 2020

कैलाली, जेठ २७

कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ कालकुण्ठा स्थित सीमा ईलाकाबाट जेठ २७ गते एपीएफ टोलीले करीव एक लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ बस्ने ४४ वर्षिय लालबहादुर दहित र ३० वर्षिय दिनेश डगौरा थारु छन् । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको दुई सय ५० प्याकेट सुर्तीजन्य पदार्थसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद सुर्तीजन्य पदार्थसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi