काठमाडौ, जेठ २७
नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ जलविद्युत् आयोजनाको ठेक्का तोडिएपछि इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)को पर्फमेन्ट ग्यारेन्टी भुक्तानी सम्बन्धी मुद्दा जितेको छ ।
बैकका अनुुसार सिएमसीले हालेको मुद्दामा इटलीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो । यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टी बापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको करिब दुई अर्ब रुपैयाँ इन्भेष्टमेन्टले इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने बैकले जानकारी दिएको छ । मुुद्धा जितेपछि ८५ करोड १४ लाख १६ हजार नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो अर्थात १ अर्ब १५ करोड रुपैयाँ गरी करिब दुई अर्ब रुपैयाँ नेपाल फर्कने बाटो खुलेको बैकले जानकारी दिएको छ ।