neapl investment mega bank
  • गृहपृष्ठ
  • छुट्टाछुटै स्थानमा भएका सवारी दुर्टनामा परी दुुई जनाको मृत्यु

छुट्टाछुटै स्थानमा भएका सवारी दुर्टनामा परी दुुई जनाको मृत्यु

Jun 9th, 2020

काठमाडौं, जेठ २७

काठमाडौ महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा प्रदेश ३-०१-२२ च.८७१० नम्बरको कारले प्रदेश ३-०२-००५ प. १५९८ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिंदा स्कुटर चालक कागेश्वारी मनोहरा नगरपालिका ७ काँडाघारी वीरेन्द्रचोक बस्ने २७ वर्षीया सुप्रभा लुईटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पताल ग्वार्को ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहटको गौर नगरपालिका ३ मजकुस्थित भित्री सडकमा ना.२ त ६५३६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने अजय पटेलकी ४ वर्षीया छोरी काली कुमारी पटेलको मंगलबार दिउँसो मृत्यु भएको छ । खेल्दै गरेकोअवस्थामा उक्त ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल गौरमाउपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi