आधारभूमि संवाददाता
काठमाडौँ, २७ जेठ
नेपालमा आज ९६ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न अस्पतालबाट ९६ जना डिस्चार्ज भएको बताए । डिस्चार्ज हुनेमा ८८ जना पुरुष र ८ जना महिला रहेको गौतमले बताए ।
योसँगै नेपालमा ५८४ जनाले कोभिड–१९ लाई जितेका छन् । सोमबार मात्रै २१ जनाले कोरोना जितेर घर गएका छन् ।