neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्यापार घाटा १४ प्रतिशतले घट्यो, निर्यात ४ दशमलव ५ प्रतिशतले बढ्यो

ब्यापार घाटा १४ प्रतिशतले घट्यो, निर्यात ४ दशमलव ५ प्रतिशतले बढ्यो

Jun 9th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २७

सरकारले ब्यापार घाटालाई कम गर्दै लाने लक्ष्य अनुरुप नै आयातमा कमि ल्याएको छ। गत वर्षको बैशाख महिनाको तुलनामा यो वर्षको सोहि अवधिमा ब्यापार घाटा १४ प्रतिशतले घटेको छ ।

निर्यात गत वर्षको बैशाख महिनाको तुलनामा ४ दशमलव ५ प्रतिशत अर्थात ३ अर्ब ७३ करोडले बढेको छ । आयातमा भने १३ प्रतिशतको कमी आएको छ ।

यो आर्थिक वर्ष वैशाखसम्म १० खर्ब २५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा११ खर्ब ७८ अर्बको आयात भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा गिरावटका साथै औद्योगिक कच्चा पदार्थको आयातमा कमीले व्यापार घाटा घटेको हो । त्यसैगरि लकडाउन र नियमितविद्युत आपूर्तिका कारण पेट्रोलियम पदार्थको आयातमा बाहिरिने रकम घटेको छ ।

एकातिर अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्यमा गिरावट आएको छ भने अर्कातिर लकडाउनका कारण खपत घटेकाले आयात पनि खुम्चिएको छ । गतवर्ष वैशाखसम्म २ खर्ब ६ अर्बको पेट्रोलियम पदार्थ आयातभएकामा यस वर्ष सोही अवधिमा १ खर्ब७० अर्बको आयात गरिएको छ ।

१० महिनामा६ अर्ब ९८ करोडको पाल्मतेल निर्यात गरिएकामा यो वर्ष सोही अवधिमा १८ अर्ब ३३ करोडको निर्यात भएको छ । तर यसका लागि विदेशबाट झन्डै १७ अर्ब ७८ करोडको कच्चापदार्थ आयात गरिएको छ ।

तरकारी तथा बीउको आयातपनि बढेको छ । गत वर्ष वैशाखसम्मको तुलनामा यसपालि सोहीअवधिमा १ अर्ब ७० करोड बढी अर्थात २६ अर्ब १९ करोडको तरकारी तथा बीउ आयात गरिएको छ ।

स्वदेशका किसानले उत्पादन गरेकै तरकारीले बजार पाउन सकेको छैन । बजारमा पुर्याउन नसकेर किसानको तरकारी खेतबारीमै खेर गइरहेको अवस्थामा विदेशबाट आयात बढ्नुलाई ठूलो नीतिगतकमजोरीका रुपमा लिइएको छ ।

आयातमा गिरावट, व्यापार घाटा न्यूनीकरणका दृष्टिले राम्रो मानिएपनि औद्योगिक कच्चापदार्थकै आयातमा कमी आएकाले अर्थतन्त्रमा त्यसको असर राम्रो हुदैन ।

प्रतिस्थापन गर्न सकिने बस्तु कृषि तथा औद्योगिक उत्पादनको आयात बढ्नु र स्वदेशमा बिकास निर्माणका लागि चाहिने डन्डीको कच्चा पदार्थ घट्नु सुखद मान्न सकिन्न ।