neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Jun 8th, 2020

सप्तरी, जेठ २६

बिष्णुपुर गाउँपालिका १ खुरुरियाबाट हनुमाननगर कंकालिनी नगरपालिका १ भारद बस्ने २२ वर्षीय अनिल कुमार मण्डललाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३ हजार १ सय ६८ थान र डाईलेक्स डिसी २८ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले बा.६७ प ४८५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मण्डललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउगरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi