neapl investment mega bank

भलिबल खेल्ने क्रममा घाइते भई मृत्यु

Jun 8th, 2020

भोजपुर, जेठ २६

हतुवागढी गाउँपालिका ४ खोक्ला बस्ने ३३ वर्षीय दिल बहादुर राईको लुकिछिपी भलिबलखेल्ने क्रममा घाइते भई मृत्यु भएको छ ।

जेठ १९ गते काभ्रोको रुखबाट लडेर घाइते भई उपचारको लागि जेठ २० गते धरान घोपामा लगेकोमा उपचारको क्रममा आइतबार उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा दिलबहादुर रूखबाट लडेको नभई लकडाउनको समयमा लुकिछिपी भलिबल खेल्ने क्रममा सोही ठाउँ बस्ने १९ वर्षीय प्रदिप कार्कीको घुँडाले लागेर घाइते भएको खुल्न आएको हो । प्रदिप सहित १० जना खेलाडीहरुसँग सोधपुछ एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi