neapl investment mega bank
  • गृहपृष्ठ
  • चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक , आरोपितको पहिचान गरी कारवाही गर्न माग

चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक , आरोपितको पहिचान गरी कारवाही गर्न माग

Jun 8th, 2020

काठमाडौँ, जेठ २६

चौरजहारी घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य उजागर गर्न तथा घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन इन्सेकले माग गरेको छ ।

चौरजहारी घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले जेठ २६ गते यस्तो माग गरेको हो । इन्सेकले सो प्रतिवेदन जेठ २६ गते नै संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाएको छ ।

इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठ नेतृत्वको टोली संसद भवन नयाँ बानेश्वर पुगेर सभापति पोखरेललाई सो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउँदै अध्यक्ष श्रेष्ठले घटनाको सत्यतथ्य उजागर गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरे ।

प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारवाहीको दायरामा ल्याउन आपूm र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने, त्रुटिपूर्ण सामाजिक मान्यताको अन्त्य नभएसम्म यस्ता घटना भइरहने हुँदा त्यस्ता मान्यताको जरोमुलो उखेल्नु पर्छ ।’

जेठ २६ गते नै सो टोलीले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याललाई पनि प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले थातथलोमा नै पुगेर तयार पारिएको प्रतिवेदनले आयोगको कामलाई सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

आयोगका सदस्य पौड्यालले मानव अधिकार उल्लङ्घनका जुनकुनै घटनामा पनि इन्सेकको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिने गरेको बताउँदै यो प्रतिवेदनले पनि आयोगको काममा सहयोग पुग्ने उल्लेख गरे । |

प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू

– कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ ।

– स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए ।

– स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प¥यो ।

– भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए ।

– घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन ।

-घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो । उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi