काठमाडौ, जेठ २६
भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ । यसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कलगर्न सकिने भाईवरले जानकारी दिएको छ । यसभन्दाअघि शुरु गरिएको भाइबरको ग्रुप अडियो कलसेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको हो ।
सामाजिक दूरीको नियम र मानिसहरुमाझ समुहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ्ग शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ ।
मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एपमार्फत भाइबर ग्रुपकल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमने सामने सञ्चारको यो नयाँ माध्य म‘न्यू नर्मल’ सँग सामना गर्ने एक उत्तम तरिका हो ।
ग्रुप भिडियो कल शुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाउनुहोस अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग थप्नुहोस् । ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरुमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरुले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोहीएकको भिडियो निजीरुपमा पिन गर्न सकिने छ । साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्दगर्न र आफैलार्इ म्यूट राख्नपनि सक्नेछन रकलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरुको भिडियो बन्दभएको पनि देख्न सक्नेछन् ।
“हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देयका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरुलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँविशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो जब आमने–सामने मिटिङ्ग गर्ने अरु कुनै विकल्प छैन ।” भाइबरका सिओओ अफिर एयालले बताए ।
सामाजिक दूरीको कारण मानिसहरुबिच चाहिँ दूरी आउनु हुँदैन । भाइबरको साथमा तपाईंले आफ्ना सहकर्मीहरु, साथीहरु र परिवारसँग स्वस्थ र सुरक्षित रहेर पभन आमने सामने भएर कुराकानी गर्न सकिने छ ।