neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरामा उपचार गराइरहेका कोरोना सङ्क्रमित एकको मृत्यु

पोखरामा उपचार गराइरहेका कोरोना सङ्क्रमित एकको मृत्यु

Jun 8th, 2020

कास्की, २६ जेठ

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत संक्रमितको आइतबार मात्रै  कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi