neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा लैजाँदै गरेको भैंसी र पाडा सहितको ट्रक नियन्त्रणमा

अवैध रुपमा लैजाँदै गरेको भैंसी र पाडा सहितको ट्रक नियन्त्रणमा

Jun 7th, 2020

पर्सा, जेठ २५

जगरनाथपुर गाउँपालिका ५ झाकरा मसियानीबाट ना.५ ख ८२४४ र ना.७ ख ६२८० नम्बरको ट्रकमा अवैध रुपमा भैँसी र पाडा लोड गरी काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरिया र ईलाका प्रहरी कार्यालय जानकीटोला पर्साबाट खटिएको प्रहरीले उक्त ट्रकमा ३७ भैंसी र १२ पाडा लोड गरी लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

उक्त ट्रक, ट्रकका दुवै जना चालक र रेखदेख गर्ने ६ जना गरी ८ जनाव्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi