neapl investment mega bank
  • गृहपृष्ठ
  • स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.गौतम

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.गौतम

Jun 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौं २५ जेठ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम तोकिएका छन्। हालसम्म प्रवक्ताको जिम्मेवारीमा रहेका डा विकास देवकोटाले सम्हाल्दै आएका थिए ।

आइतवार मन्त्रालयले प्रवक्ताको जिम्मेवारी हेरफेर गर्दै देवकोटाको ठाउँमा गौतमलाई ल्याएको हो ।

डा.गौतम केही समयअघि मात्रै सरुवा भई स्वास्थ्य मन्त्रालयमा आएका थिए । उनलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो । डा. देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा आफ्नो जिम्मेवारी हेरफेर भएको बताएका हुन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi