काठमाडौ, जेठ २५
नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि राय÷सुझाव प्रस्तुुत गर्न आव्हान गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०७७/७८को मौद्रिक नीतिका लागि आफ्ना राय/सुझावहरु बैंकको अनुसन्धान बिभागमा प्रस्तुुत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
यो बर्ष कोरोना भाईरस (कोभिड १९) महामारीका कारण सिंगो बित्तीय क्षेत्र कमजोर भएकाले आगामी आवको मौद्रिक नीतिले मुुलुकको सिंगो अर्थतन्त्रलाई माथि उठाउने अपेक्षा गरिएको छ ।