neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित तीन जना पक्राउ

एपीएफ टोलीद्वारा ब्राउन सुगरसहित तीन जना पक्राउ

Jun 7th, 2020

कैलाली, जेठ २५

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १० जुगेडा कटानबाट जेठ २४ गते एपीएफ टोलीले ११ ग्राम सात सय मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ बर्षिय गौरब श्रेष्ठ, २३ बर्षिय राजेन्द्र भाट र १८ बर्षिय बलराम राना छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जुगेडाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

सु.प.प्र.प. ०१–००८ प ५४८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको २० वटा सानो प्याकेट ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उल्लेखित मोटरसाइकल, मोबाईल तीन वटा र पाँच हजार रुपैयाँ समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर, मोटरसाइकल, मोबाईल र रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi