neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान

अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान

Jun 6th, 2020

तेहरान, २४ जेठ

अमेरिकी कैदीका रिहाइ उहाँको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ ।

शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले उहाँको रिहाई गरेको समाचारमा उल्लेख गरेको छ ।

मन्त्रालयको जासूस रक्षा विभागका महानिर्देशकले भन्नुभयो, “दुई वर्ष पहिले इरान पुगेका समय अमेरिकी वरिष्ठ अधिकारी मिखाएल ह्वाइटलाई इरानविरूद्ध जासुसी गरेको आरोपमा पक्राउ गरी जेलमा राखिँदै आएको थियो ।”

ह्वाइटलाई विहीबार रिहा गरिएको थियो । संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै इरानी वैज्ञानिक मजिद ताहेरीलाई रिहा गरेको थियो ।

ताहेरीले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै ताहेरीलाई पक्राउ गरी थुनामा राख्दै आएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ह्वाइटको रिहाईपछि इरानले मानवीय समवेदनाका आधारमा इरानी बन्धकहरूलाई संयुक्त राज्य अमेरिका वा अन्य मुलुकमा जहाँभए पनि रिहा गरेका घटनाको स्वागत गर्ने बताउनुभएको छ ।

यद्यपि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गरी अमेरिकी अधिकारीको रिहाइ र इरानी वैज्ञानिकको रिहाइ तेहरान र वासिङ्टनबीचको वार्ताको नतिजा भएको अनुमानहरूलाई खण्डन गर्नुभएको थियो । रासस/सिन्ह्वा