neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिएनआईद्धारा अर्थसचिव समक्ष बजेटका बारेमा आफ्ना धारण प्रस्तुुत

सिएनआईद्धारा अर्थसचिव समक्ष बजेटका बारेमा आफ्ना धारण प्रस्तुुत

Jun 5th, 2020

काठमाडौ, जेठ २३

नेपाल उद्योग परिसंघ (सिएनआई) ले अर्थसचिव शिशिरकुमार ढुगाना समक्ष आर्थिक वर्ष २०७७/७८ का प्रस्तुत बजेटका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छ । आज अर्थमन्त्रालयमा परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव ढुगानालाई भेट गरी बजेट बारे आफ्नो धारणा राखेको हो ।

कोभिड १९ महामारीका कारण मुलुकको आर्थिक, उद्योग व्यवसाय एवम् रोजगारीमा परेको प्रतिकुुल प्रभावलाई रोकी अर्थव्यवस्थालाई चलायमान बनाउन परिसंघले बजेट पुर्व प्रस्तुत गरेको सुझावहरुलाई बजेटले सम्बोधन गरेकोमा परिसंघले सकारात्मक धारणा व्यक्त गरेको छ ।
परिसंघले बजेट सन्तुलित र व्यवहारिक रहेको तर कार्यान्वयन पक्ष चुनौतीपुर्ण रहेकाले तथा बजेटमा भएका कतिपक्षलाई व्यहारिकताका आधारमा पुनरावलोकन हुुनुपर्नेमा अर्थसचिवको ध्यानाकर्षण गराएको छ । परिसंघले निजी क्षेत्रबाट उठाएका अन्य माग मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा लिएको पनि अर्थसचिव समक्ष जानकारी गराएको छ ।

नेपालको निजी क्षेत्रले उठाउँदै आएको विद्युत महशुलको विषयलाई यस बजेटले केही सम्बोधन गर्ने प्रयास गरेको छ । उद्योगहरुको डिमाण्ड चार्ज मिनाहा गर्ने सम्बन्धमा भएको व्यवस्था पुनरावलोकन गर्न पनि अर्थसचिव समक्ष आग्रह गरेको छ ।

यसैगरी बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन परिसंघले आवश्यक सहकार्यका लागि तयार रहेको पनि अर्थसचिवलाई जानकारी गराएको छ । अर्थसचिवसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल सहित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi