neapl investment mega bank
  • गृहपृष्ठ
  • सिसिएमसीद्धारा आधिकारीक वेभसाईट सञ्चालन

सिसिएमसीद्धारा आधिकारीक वेभसाईट सञ्चालन

Jun 5th, 2020

काठमाडौ, जेठ २३

कोभिड १९ क्राईसीस म्यानेजमेन्ट सेन्टर ( सिसिएमसी ) ले कोभिड १९ महामारी रोगको रोकथाम, नियन्त्रण र प्रतिकार्यको क्षेत्रमा भएका कामको बारेमा जानकारी दिन आफ्नै आधिकारिक वेभसाईट सञ्चालनमा ल्याएको छ । सिसिएमसीबाट भएका र भईरहेका कार्यहरु, तर्जुमा गरिएका नीति, रणनीति, निर्देशन, सम्बन्धित तथ्याङ्क लगायत अन्य सान्दर्भिक सूचनाहरु समावेश गरी डब्लु डब्लुु डब्लुु सिसिएमसी डट जिओभी डट एनपी नामक वेभसाईट सञ्चालनमा ल्याएको हो ।

यो वेभसाईट मार्फत सरोकारवाला, जिज्ञासु, अनुसन्धानकर्ता तथा आम नागरिकले सिसिएमसीको स्थापना, सिसिएमसीको मुलभूत कार्य तथा त्यसका सञ्चालन शाखाहरु, सिसिएमसी उच्चस्तरीय समन्वय समितिका बैठकबाट कोभिड १९ बिरुद्धको प्रतिकार्य, रोकथाम तथा नियन्त्रण सम्बन्धि भएका महत्वपूर्ण निर्णयहरु, विदेशबाट फर्कन चाहने नेपालीहरुले भर्नु पर्ने फाराम, कोभिड १९ संक्रमण र त्यसबाट सुरक्षित रहन आम नागरीकको हितमा जारी गरिएका डकुुमेन्ट निर्देशन तथा सचेतना सम्बन्धि खबर आदिका वारेमा जानकारी तथा सुविधा लिन सकिने सिसिएमसीले जानकारी दिएको छ ।

सिसिएमसीबाट संम्पादन हुने कार्यका सूचनाहरुलाई पारदर्शी, प्रभावकारी र सरल ढंगबाट आम नागरिकसम्म विस्तार गर्ने उद्देश्यले संचालनमा ल्याईएको यो वेभसाईटबाट अधिकतम जानकारी हांसिल गरी सुसुचित हुन समेत सिसिएमसीले अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi