काठमाडौँ, २३ जेठ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सुर्खेतका २८ वर्षका पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।
उनको यही जेठ २२ गते मृत्यु भएको हो । उनी यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।