neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

Jun 5th, 2020

दाङ, २३ जेठ

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बवई गाउँपालिका-६ पञ्चकुले बजारमा उनीहरुलाई मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको अवस्थामा फेला पारी सम्झाई बुझाई गर्दै गर्दा निजहरूले एक्कासी प्रहरीमाथि ढुङगा प्रहार गर्दै अभद्र व्यवहार गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi