neapl investment mega bank
  • गृहपृष्ठ
  • समाचार संकलन गर्न नदिई बाटैमा रोकेर फिर्ता पठाइएको घटनाप्रति महासंघको ध्यानाकर्षण

समाचार संकलन गर्न नदिई बाटैमा रोकेर फिर्ता पठाइएको घटनाप्रति महासंघको ध्यानाकर्षण

Jun 5th, 2020

काठमाडौ, जेठ २३

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जेठ २२ गते रुकुम घटनाको सम्बन्धमा दलित पत्रकार संघका पदाधिकारी सम्मिलित टोलीसँगै समाचार संकलनको लागि जाजरकोट जाने क्रममा प्रहरीले पत्रकारद्वयलाई सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश भन्दै सल्यानको बालुवा संग्राहीबाट फर्काएको थियो ।

स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई बाटैबाट फर्काएर पेशागत कर्म निर्वाहमा रोक लगाएको यो घटना प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने प्रहरीको यो हर्कतको कडा शब्दमा भत्र्सना गर्दछ । प्रेस स्वतन्त्रताको सम्मान गरी यस्ता कार्य नदोहो¥याउन र पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi