neapl investment mega bank

रक्तदान कार्यक्रम सम्पन्न

Jun 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २३

मिलन युवा क्लब र नेपाल रेडक्रस सोसाइटी युवा सर्कल बालकोट उपशाखाको संययुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुर्यबिनायक नगर पालिका वडा नं २ ( इकुडोल)मा सम्पन्न रक्तदानमा महिला १७ र पुरुष ४२ जना गरि ५९ जनाले रक्तदान गरेका थिए । लकडाउनका कारण रगत अभाबलाइ मध्यनजर गरि गरिएको रक्तदानमा सुर्यबिनायक नगरको बालकोट–सिरुटार र महालक्ष्मी नगरपालिकाको टिकाथलीका ब्यक्तिहरु सहभागी रहेको मिलन युवा क्लबका उपाध्यक्ष रश्मी पौडेलले आधारभुमी लाइ जानकारी गराइन ।

aadharbhumi
aadharbhumi
aadharbhumi