neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपाली को व्यथा बोकेको प्रभावन जे को “आउछु फर्केर“ बजारमा (भिडियो सहित)

बिदेशी भूमिमा तड्पीरहेका लाखौ नेपाली को व्यथा बोकेको प्रभावन जे को “आउछु फर्केर“ बजारमा (भिडियो सहित)

Jun 5th, 2020

काठमाडौ, जेठ २३

कोरोना को महामारीमा बिदेशी भुमि मा रहेका नेपालीहरु को पिडालाई समेटेर तयार पारिएको प्रभावन जे को लोक तथा दोहोरि गित “आउछु फर्केर“ सार्वजनिक भएको छ ।

डिएआर मुभिजले बजारमा ल्याएको उक्त गितमालोक तथा दोहोरि गायक, सर्जक प्रभावनजे को शब्द , लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकीछन् ।

जीवन बडू को एरेन्ज रहेको गीतको भिडियो मा सरोज दाहाल र अनु पराजुली को अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ , सम्पादन नबिन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईं ले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धिताल ले गरेका छन् ।

केहि समय पहिले प्रभावन जे को टिमले सामाजिक सचेतनामुलक गितहरु कालापानि, कोरोना (अयखष्म(ज्ञढ), घरमै बसौन, को साथमा चेतनामुलक सर्ट मुभि बजारमा ल्याएको थियो ।
यो गित हामी सबै नेपालीको घरको कथा हो । सम्बन्धित निकाय को ध्यान पुर्याउने उद्देश्य ले बजार ब्यबस्थापन गरेको डिएआर मुभिज एंड फिल्म्स इ. प्रा लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए ।