neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सन्दर्भ वातावरण दिवसः अस्वस्थ प्रतिस्पर्धाले असुरक्षित बन्दै वातावरण

सन्दर्भ वातावरण दिवसः अस्वस्थ प्रतिस्पर्धाले असुरक्षित बन्दै वातावरण

Jun 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,जेठ २३

आज ५ जुन अर्थात विश्व वातावरण दिवस । यस वर्ष नेपालमा सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने नाराका साथ मनाइदै छ ।

विश्वव्यापीरुपै बढ्दो वातावरणीय समस्याको प्रभावबाट नेपाल पनि अलग हुन नसकेको अवस्थामा ती चुनौतीहरुको समाधानका लागि अधिकारसम्पन्न वातावरण आयोगको गठन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा वातावरण क्षेत्रका विज्ञहरुले केन्द्रदेखि स्थानीय तहसम्म वातावरणसँग सम्बन्धित समस्याको समाधानका लागि नीतिगत व्यवस्था, कार्यान्वयनको प्रभावकारिता र यस क्षेत्रमा क्रियाशील सङ्संस्थाहरुको समन्वयका लागि विद्यमान संरचनाभन्दा अझ बढी अधिकारसम्पन्न निकायको आवश्यकतामा जोड दिए ।

पहिले अलग्गैरुपमा वातावरण मन्त्रालयको गठन भएकामा अहिले वन मन्त्रालयसँग एकीकृत हुँदा वातावरणका विषयले प्राथमिकता पाउन नसकेको अवस्थामा केन्द्रदेखि स्थानीय तहसम्म यसलाई प्रभावकारीरुपमा अगाडि बढाउन कठिनाइ परेको विज्ञहरुको भनाइ छ ।

वातावरण दिवसको मर्म

सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले एक मात्र पृथ्वीको अवधाणा अधि सारेपछि सन् १९७४ देखि यो दिवस मनाउन थालिएको हो ।

यस दिवसमा मानिसहरूमा वातावरणीय चेतनालाई उजागर गरिन्छ । यसको मुख्य उद्देश्य हाम्रो प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो ।

सन् १९९२ को रियो शिखर सम्मेलन र रियो प्लस २० वा रियो पृथ्वी सम्मेलन, २०१२ ले जन्माएको दिगो विकासका सिद्धान्तहरूलाई लक्ष्यका रूपमा हासिल गरी सबै प्रकारका गरिबी उन्मूलन गरी मानव पृथ्वी र समृद्धिका लागि एक समान न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने संयुक्त राष्ट्र संघको परिकल्पनालाई मूर्त रूप दिन पनि विश्व वातावरण दिवसले विशेष भूमिका खेल्छ ।

वतावरणमा असर पार्दै इनामेल

तर पछिल्लो वातावरण प्रदुषण तथा विनासका समस्याले हाम्रो वरपरको वतावरण असुरक्षित बन्दै गएको छ । यसको पछाडी विभिन्न कारक तत्व छन् । जसमध्ये घर तथा भवन निर्माणमा प्रयोग हुने इनामेलले पनि वातावरणमा असर पारिरहेको छ ।

सर्वसाधारणहरु घरलाई कसरी आकर्षक देखाउने भन्ने विषयमा बढी केन्द्रित रहेर नयाँ नायाँ ब्राण्डका रंगको खपत गर्न थालेका छनर तर ति रंगले मानव स्वस्थ्यमा मात्र होइन वातावरणमा समेत असर पारेको छ ।

देशभरका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका करिव ४० वटा रंग उद्योगले दैनिक करिव पाँच करोड रुपैयाँ मूल्य बराबरको रंग उत्पादन गर्ने वताइन्छ । वार्षिक १५ प्रतिशतको हाराहारीमा रंगको व्यापार वृद्धि हुने गरेको रहेको व्यवसायीहरू बताउँछन् ।

भन्सार विभागको तत्याँक अनुसार भारतबाट मात्रै वार्षिक दुई अर्ब ३२ करोड भन्दा बढि रुपियाँको इनामेल रंग आयात हुन्छ । आयात बढेसंगै रंगको आन्तरिक बजार पनि वार्षिक १५ प्रतिशतले बढिरहेको छ ।

हाल नेपालमा रंगको वार्षिक कारोबार सात अर्ब रुपियाँ पुगेको छ । यसैगरी कम्पनी रजिस्टारको कार्यालयमा हाल एक सय ३६ भन्दा बढी रंग उत्पादन कम्पनी दर्ता छन् ।

लगानीमा वृद्धि र गुणस्तरिय उत्पादनका कारण नेपाली रंग बजारमा आत्मनिर्भर बनेको उत्पादकहरूको भनाई छ । तर, सबै कम्पनिका रंगहरु गुणस्तरिय भने छैनन् ।

यसरी गरिन्छ गुणस्तरको परिक्षण

इनामेल रंगमा प्रयोग हुने लिडको परीक्षण नापतौल तथा गुणस्तर विभागले गर्छ । परीक्षणको क्रममा नेपालमै इनामेल उत्पादन गर्न उद्योगहरुले सरकारले तोकेको मापदण्ड भन्दा सयौं गुणा बढी प्रयोग गरिरहेको पाइएको छ ।

तर, घर रंग्याउने पेन्ट्स कलर उत्पादक कम्पनीले भने लिडको मात्रा क्रमिक रुपमा घटाउँदै लगेको दावी गर्छन् । सरकारले रंग उत्पादन गर्ने उद्योगले ९९ पिपिएमभन्दा बढी लिड प्रयोग गर्न नपाउने गरी मापदण्ड लागू गरेको छ । तर, मापदण्ड विपरित इनामेलमा भने लिडको मात्रा घटेको भने पाइदैन ।

इनामेल रंगमा मापदण्डभन्दा बढी लिड प्रयोग भए नभएको विषयमा गुणस्तार विभागले बेलाबेलमा अनुगमन गर्दै आएको छ । हाल सम्मको अनुगमनमा सबै रंग कम्पनिले सो मापदण्ड पूरा गर्न नसकेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

मापदण्ड पूरा नगरे के ?

रंगमा तोकिएको मापदण्ड पूरा गरे नगरेको अध्ययान तथा परिक्षण गरी नेपाल नापतौत तथा गुणस्तर विभागले मापदण्ड पूरा नगर्नेलाई नियम अनुसार कारबाही गर्छ तर गुणस्तरहिन् रंग उत्पादन गर्ने कम्पनिलाई बन्द भने गर्दैन । किनकी वातावरण संरक्षण ऐनले बढी लिड प्रयोग गर्ने उद्योग बन्द गराउने अधिकार दिएको छैन । स्पष्ट कानुनी व्यवस्था नभएका कारण कारवाहीको व्यवस्था पनि प्रभावकारी हुन नसकेको अधिकारीहरु बताउँछन् । अहिलेको कानुनमा बढी लिड प्रयोग गर्ने उद्योगीलाई बढीमा ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi