neapl investment mega bank

एपीएफ टोलीद्वारा गाँजा बरामद

Jun 4th, 2020

सर्लाही, जेठ २२

सर्लाही जिल्लाको बलरा नगरापालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २२ गते एपीएफ टोलीले करीव ४ के.जी. गाँजा बरामद गरेको छ ।

उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त गाँजा ल्याउँदै गरेका व्यक्तिले बोकेको झोला एपीएफ टोलीलाई देख्नासाथै सोही ठाउँमा फाली फरार भएपछि सो झोलामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेपछि बरामद गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi