neapl investment mega bank
  • गृहपृष्ठ
  • सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अनुमति

Jun 4th, 2020

रुकुमपश्चिम, २२ जेठ

सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम९पश्चिम०ले आज म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ । दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । घटनामा छ जनाको निधन भएको थियो ।
पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । रासस

aadharbhumi
aadharbhumi
aadharbhumi