neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा श्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ

एपीएफ टोलीद्वारा श्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित पक्राउ

Jun 4th, 2020

पर्सा, जेठ २२

पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट जेठ २२ गते एपीएफ टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षिय प्रकाश साह छन् । उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाईकलको ट्याङ्की मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi