neapl investment mega bank
  • गृहपृष्ठ
  • चेम्बरद्धारा लक डाउन खुुकुुलो पारेर अर्थतन्त्र चलायमान बनाउन आग्रह

चेम्बरद्धारा लक डाउन खुुकुुलो पारेर अर्थतन्त्र चलायमान बनाउन आग्रह

Jun 4th, 2020

काठमाडौ, जेठ २२

नेपाल चेम्वर अफ कमर्सले लक डाउनलाई खुुकुुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको छ । चेम्बरमा अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरको प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीहरु सित भेट गरेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुुन ।

अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरु सित भेट गरेर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपायअपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुुन ।

यि सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएकाछन । उनीहरुले यि सबै सुझावलाई लिएर नयाँमोड्यालिटि बनाएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको चेम्वरका अध्यक्ष श्रेष्ठले जानकारी दिएकाछन ।