आधारभूमि संवाददाता
ललितपर ,जेष्ठ २१
ललितपुरको महालक्ष्मी नगरपालिकाले गत शनिबार ५ सय जना अत्यावश्यक सेवा दिने मध्ये मासु व्यवसायी, तरकारी, किराना पसले, दूध व्यवसायीहरुको कोरोना परिक्षण गरेको छ । ५ सय जना मध्ये ३३ जनामा आर.डि.टि पोजेटिभ पाइएको र आइतबार जनस्वास्थ प्रयोशाला टेकुमा परिक्षण गर्दा ३३ जनाको पि.सि.आर रिपोर्ट नेगेटिभ आएको महालक्ष्मी नगरपालिका वडा नंं १ का वडा अध्यक्ष नन्द के. सी.ले बताए । सो विषयमा जानकारी माग्दा जिल्ला जनस्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले आफुलाई आर.डि.टि.मा ३३ जना कोरोना पोजिटिभ आएको थाहा भएको र पि.सि.आर. रिपोर्ट आउन बाँकी रहेकोको बताए ।
महानगरीय प्रहरी प्रभाग इमाडोलका प्रमुख राजु कार्कीले यस वडा नं.१ मा कोरोना संक्रमित कोही पनि नभएकाले आम नागरिकलाई ढुक्क रहन आग्रह गरे।