neapl investment mega bank
  • गृहपृष्ठ
  • विराटनगरबाट आठ लाख रुपैयाँबराबरको औषधी र मास्क बरामद

विराटनगरबाट आठ लाख रुपैयाँबराबरको औषधी र मास्क बरामद

Jun 3rd, 2020

मोरङ, जेठ २१

बिराटनगर महानगरपालिका १६ बस्ने सिता तामाङको घरमा लुकाई छिपाई राखेको करिब ८ लाख २८ हजार ९ सय ९५ मूल्य बराबरको विभिन्न किसिमको औषधी र मास्क मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

निजको घरमा औषधी र मास्क लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मूल्य बराबरको औषधी र मास्क फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi