neapl investment mega bank

कोदालो प्रहार गरी हत्या

Jun 3rd, 2020

कपिलवस्तु, जेठ २१

कपिलवस्तु नगरपालिका ९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका ५ कोपुवा बस्ने ४८ वर्षीय रामलौटन चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बिवाद कारण चौधरीले कोदालो प्रहार गर्दा तिवारीको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपरा र अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ

aadharbhumi
aadharbhumi
aadharbhumi