neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

Jun 3rd, 2020

काठमाडौं, जेठ २१

धनुषा, जनकपुर उपमहानगरपालिका ४ स्थित राधाकृष्ण मन्दिरनजिकबाट करिब ३० केजी लागूऔषध गाँजा जस्तो देखिनेधुलो सहित नगराईन नगरपालिका ८ बस्ने ५५ वर्षीय भोगेन्द्र मिश्रालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, एकडारा गाउँपालिका ५ स्थित रहेको कुखुराफर्मबाट करिब १ सय ८० केजी लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त फर्ममा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi