neapl investment mega bank
  • गृहपृष्ठ
  • सौन्दर्यकला व्यवसायी संघद्वारा ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न आग्रह

सौन्दर्यकला व्यवसायी संघद्वारा ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न आग्रह

Jun 3rd, 2020

काठमाडौ, जेठ २१

सौन्दर्यकला व्यवसायी संघले ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न सरकार समक्ष आग्रह थरेको छ । संघका अध्यक्ष कमला श्रेष्ठले बिज्ञप्ती जारी गर्दे सैलुन व्यवसाय पुन सञ्चालनमा ल्याउन सरकार समक्ष आग्रह गरेकी हुुन ।

संघले बिज्ञप्ती जारी गर्दे भनेको छ, विश्वभर कोरोना भाइरस १९ को महामारीले सम्पुर्ण जनजीवन नै अस्तव्यस्त बनाएको छ । नेपाल पनि यस महामारीबाट अछुतो रहने कुरा भएन । प्रत्येक दिन भाइरसबाट संक्रमित हुनेको संख्या बढ्नुको साथै मृत्युु हुनेको संख्यामा पनि बृद्घि भई रहेको छ ।

यस अवस्थामा प्राय सबै उद्योग, व्यापार तथा अन्य सम्पूर्ण व्यवसाय ठप्प छ । आ–आफनो व्यवसाय सञ्चालन गर्न नपाउदा आफनो परिवार समेत कसरी पाल्ने भन्ने चिन्तामा रहेको व्यवसायीलाई सरकारबाट यसबारे कुनै राहतको व्यवस्था गर्ने बारे कतै संकेत देखिएको छैन । सरकारको बजेटमा पनि यस सम्बन्धमा अर्थपूर्ण संवोधन भएको पाइएन, बिज्ञप्तीले भनिएको छ ।

सुरक्षाको उपायमा सम्पूर्ण देशनै लकडाउनमा छ । लकडाउन लागु भएको पनिदुई महिना नाघिसकेको छ । कहिले खुल्ले एकिन छैन । लकडाउन हटेपनि कारोबार तथा व्यवसाय कसरी सञ्चालन गर्न सकिने हो कुनै मापदण्ड तयारी छैन । त्यसमा पनि व्यूटी पार्लर व्यवसायमा आफनो ग्राहकसंग नजिक रहेर सेवा पु–याउनु पर्ने हुन्छ । यो व्यवसायमा अहिलेको कोरोना संक्रमणका ेअवस्थामा धेरै जोखिमपूर्ण छ । एकातिर ग्राहकलाई पुरा सुरक्षामा राख्नु पर्ने र अर्कोतिर सेवामा खटीने कर्मचारीको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ । त्यसको साथसाथै कार्यस्थलको पनि उत्तिकै सुरक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ ।

यस पृष्ठभूमीमा लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण बनाईदिन सरकारसंग आग्रह गर्दै सौन्दर्य कला व्यवसायी संघ नेपाल, नेपाल सरकार, स्वस्थ्य मन्त्रालयबाट जारी भएका सबै गाईडलाईनहरू पालना गर्दै आफ्ना सबै सदस्य ब्यूटी पार्लर तथा सैलुन व्यवसायीहरू मार्फत पूर्ण सुरक्षित तवरले सैलुन र व्यूटी पार्लर व्यवसा यसञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ, संघले भनेको छ ।