neapl investment mega bank
  • गृहपृष्ठ
  • असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग: राप्रपा अध्यक्ष राणा

असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग: राप्रपा अध्यक्ष राणा

Jun 3rd, 2020

काठमाडौ, जेठ २१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लोकहित र लोकसम्मति विपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको बताएका छन् ।

असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयलाई राप्रपा अध्यक्ष राणाले अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिँदै विरोध गरेका छन् ।

‘७२ दिन यता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधा बापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा,’ बुधबार उनले ट्वीट गर्दै भने, ‘तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ । अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मति विपरीत छ । असफल सरकारको दरिद्र मनोविज्ञान छर्लङ्ग भएको छ ।’