काठमाडौ, जेठ २१
नेपाल सरकार आन्तरिक राजस्व बिभाग द्वारा जेठ २५ गतेभित्र कर बझाउन जारी गरिएको सुचनाप्रति उद्योग बाँणिज्य संघ काठमाडौले गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले बिज्ञप्ती जारी गर्दे मुलुकभर सरकार द्वारा जार गरेको लकडाउन अनिश्चित कालको लागि लम्बिदै गर्दा अर्थतन्त्र कमजोर भएको र यो अवस्थामा उद्योग व्यवसाय ठप्प भएको बताएको छ । यो गम्भीर अवस्था झेल्दै गरेको उद्योगी व्यवसायीहरुले जेठ २५ गतेभित्र कुुनै पनि हालतमा राजश्व दाखिला गर्न सक्ने संभावना नरहेको भन्दै राजश्व दाखिला गर्ने म्याद थप गर्न संघले सरकार समक्ष आग्रह गरेको छ ।
कोरोना भाईरस (कोभिड १९) महामारीको असहज परिस्थतीको कारण देखाई २०७६ चैत्र ११ देखी पहिलो चरणको लकडाउन १५ दिनको छोटो अवधिको लागि गरेको लकडाउन ९० दिन पुुग्न लाग्दा धेरै नै समस्याहरु देखिएको संघले बताएको छ ।